दिपक र दिपाको, ढाका टोपी शिरैमा



klcvnjlxc

निर्माता तथा हास्य व्याङ्ग्य जोडी दीपकराज गिरी र दिपाश्री निरौला गएको एक सातादेखि जापानमा छन् । ‘वडा नं ६’ को सफलतापछि विदेश कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेको यो जोडीले त्यहाँका तीन शहरमा सफलता पुर्वका कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यहाँको कार्यक्रम सकेर दीपक र दिपा यसै साता कार्यक्रमकै लागि कतार फर्कंदैछन् ।

तर, दिपक र दीपको लागि यस पटकको जापान कार्यक्रम विशेषः रह्यो । विशेष यसअर्थमा कि कार्यक्रको सफलता सँगसँगै उनीहरुले त्यहाँका विभिन्न संघसंस्था तथा संगठनबाट सम्मान पनि ग्रहण गर्ने सुनौलो अवसर पाए । जापानका कार्यक्रम आयोजक मध्येबाटै उनीहरुलाई ढाका टोपी उपहार दिइयो । ढाकाटोपी सामान्य उपहार भएपनि यसले खास अर्थ बोकेको दिपाश्री भनाई छ ।

देशको स्वभिमान उच्च राख्न भन्दै हामीलाई ढाका टोपी उपहार दिइयो, हाम्रो ठाउँबाट हामी देशको गरिमालाई उच्च राख्छौं ।’ दिपाश्री ले भन्नुभयो । नेपाल टेलिभिजनमा लामो समयसम्म प्रशारण भएको ‘तीतो सत्य’ कार्यक्रम बन्द भएपछि दीपक र दीपाले फिल्म निर्माणमा सक्रिय हुने बताउँदै आएका छन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top