सञ्चारकर्मी बस्नेत देशलाई स्वर्ग बनाउन आब्हान गर्दै



purushhotam-basnet1

काठमाडौं /सञ्चारकमी तथा गितकार पुरुषोत्तम बस्नेतको एल्बम रासुममा समाबेश गरिएको “मेरो देशलाई स्वर्ग बनाऊ …” गीतको भिडियो सार्वजनिक भएको छ । देशको वर्तमान समस्याको निकासका लागि आह्वान गरिएको गीतको भिडियो बजारमा आएको छ । मेरो देशलाई स्वर्ग बनाऊ … बोलको गीतको भिडियोलाई गीतकार तथा सञ्चारकर्मी पुरुषोत्तम बस्नेतले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशन पनि हो । शशि रावल र विश्व नेपालीको आवाजमा रहेको छ । गीतमा लक्की आचार्य र सिमोन दाहालको अभिनय छ । जिबी लामाको छाँयाकन रहेको भिडियोलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । यसमा देशका विभिन्न स्थानका संग्रहित दृष्यहरु समावेश गरिएको छ । एल्बमलाई कम्पास मिडियाले बजारमा ल्याएको हो ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top