‘मेरी बास्सै‘धुर्मुस-सुन्तली विना नै सुरु भयो, निर्देशक पनि परिवर्तन भए



 

 

dhurmus-suntaliरकम विवादका कारण केही महिनादेखि यो सिरियलको प्रशारण बन्द भएको थियो ।

यो सिरियललाई चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले निर्देशन गर्दै आएका थिए । तर, अब यो नयाँ निर्देशकको निर्देशनमा सुरु भएको छ । मिडिया हबकै कर्मचारी मनराज श्रेष्ठले यसलाई निर्देशन गरिरहेका छन् । अब, हरेक मंगलबार नेपाल टेलिभिजनमा बेलुकी ८ बजेको समाचारपछि यो सिरियल प्रशारण हुने मनराजले अनलाइनखबरलाई बताएका छन् ।

यो सिरियलको सोमबार भैरहेको छायांकनमा चर्चित पात्र ‘धुर्मुस-सुन्तली’को अभियन छैन । यी दुई पात्र यो सिरियलमा अब देखिने संभावना पनि छैन । तर, केदार घिमिरे’माग्ने बुढा’सँग पनि कुरा भैरहेको निर्देशक श्रेष्ठले बताए ।

अहिले यो सिरियलमा हाँस्य कलाकार ज्योती काफ्ले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हालका प्रधानमन्त्री केपी ओलीको भूमिकामा छन् । सिताराम र कुञ्जना बाहेक सिरियलका सबै पुराना कलाकारलाई देख्न सकिने निर्देशकले बताए ।

मिडिया हबले नै निर्माण गर्दै आएको यो सिरियलका निर्देशक तथा कलाकार सिताराम कट्टेलसँग रकम विवाद भएपछि यसको प्रशारण बन्द भएको थियो । ‘धुर्मुस-सुन्तली’ विनाको यो सिरियललाई दर्शकले कती रुचाउने हुन् हेर्न बाँकी छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top