मर्न चाहन्छन् मनोज आचार्य



 

manoj-acharyaकलाकार भएरै मर्न चाहने बताए । झट्ट हेर्दा रिसाहा जस्तो देखिने आचार्य वास्तविक जीवनमा सरल स्वभाव, भद्र, शिष्ट, दयावान क्षमताशील एवम् मिलनसार व्यक्ति हुन् ।

वि.सं. २०३६ साल देखि अभिनय क्षेत्रमा लागेका आचार्यले आफ्नो पहिलो चलभित्र ‘आदर्शनारी’ हुँदै परिभाषा, हामी एक हौँ, जीवनज्योती, उद्दार, विजज लगायतका टेलिश्रृङ्खला हिजो आजका कुरा, तितो सत्य, जिरे खुर्सानीका साथै केही विज्ञापनहरुमा समेत देखा परेका छन् । त्यति मात्रै नभएर हलिउड चलचित्र ‘नाइट ट्रेन टु काठमाडौं र जापानिज चलचित्र ‘पिपल डाँडा’ मा पनि अभिनय गरेका छन् । कानुन विषयमा स्नातक गरेका आचार्य एक वकिल समेत भएको कसैलाई थाहा नहुन सक्छ तर उनले वकिल भएर डिल्लीबजार स्थित कार्यालयमा ४ वर्षसम्म काम गरे । तर पनि उनलाई अभिनयको शोखले छोड्न सकेन ।

उनले अभिनय सँगसँगै विर अस्पतालमा लेखापाल, नेपाल राष्ट्र बैंकमा कार्य साहायक र थुप्रै पेशामा आवद्ध भएर कार्य गरेको बताए । उनी रेडियो नाटक ‘बुन्ेट भुन्टे पुन्टे’ हुँदै रङ्गमञ्चिय नाटक ‘वैसाखीमा झुण्डिएको जिन्दगी’ जस्ता थुप्रै नाटकमा अभिनय गरिसकेको बताए । पर्दा र मञ्च मध्ये केमा काम गर्दा आनन्द आउँछ भन्दा उनी भन्छन् – पर्दामा प्रतिकृया पछि आउने र त्यसको प्रतिक्रिया आफूले प्रत्यक्ष देख्न नपाउने तर, रङ्गमञ्चमा काम गर्दा दर्शकमाझ आफू रमाउन पाउँने र राम्रो, नराम्रो तुरन्तै थाहा हुने भएकोले उनी रङ्गमञ्चमा अभिनय गर्दा आनन्द आउने बताउँछन् । उनी एक हास्य कलाकार मात्र नभई निर्माता, निर्देशक र लेखक समेत हुन् ।

उनले हारजित, नमस्ते लगायतका टेलिश्रृङ्खलामा निर्देशक तथा निर्माता भएर कार्य गरेका छन् । आगामी दिनमा बास्तबिक घटनामा आधारित  हरर चलचित्र बनाउने सोँचमा जुटेका मनोज आचार्य कलाकार भएरै निरन्तर अघि बढ्ने बताउँछन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top