तामझामले सुरु भएको `हाउ फन्नी` कता रोकियो ?



काठमाण्डौको र्‍याडिसन होटलमा निकै तामझामका साथ सुरु भएको फिल्म ‘हाउ फन्नी’ अहिले हराएको छ । फिल्म चलाउने भनेर केही मिति तय भएपनि आउन सकेन । नेपालका चर्चित कलाकारलाई राखेर निलु डोल्मा शेर्पाले निर्देशन गरेको फिल्ममा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि कार्यकारी निर्माताको रुपमा जोडिएकी छिन् ।

तर, अहिले फिल्म पुर्ण रुपमा हराएको छ । सम्पादन टेबलमा पुगेको फिल्म रकम अभावले गर्दा अड्किएको चर्चा पनि सुनिएको छ । तर, निर्देशक डोल्मा भने फिल्मको सबै काम सकिएको र एउटा प्रमोशनल गीत खिच्न बाँकी रहेको बताउँछिन् । उनले फिल्मका मुख्य कलाकार नहुँदा गीत खिच्न नपाएको बताइन् ।

निशा अधिकारी, केकी अधिकारी अमेरिकामा रहेकाले पनि गीत खिच्न नपाएको उनले बताइन् । प्रियंका कार्की, दयाहाङ राई, अनुप विक्रम शाही भने नेपालमै छन् । फिल्मको प्रमोशन गीत खिचेर प्रमोशन सुरु गर्ने योजना रहेको उनको भनाई छ । आर्थिक अभावका कारण फिल्म नरोकिएको डोल्माको भनाई छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top