अभिनयमा जम्दै विक्रम



 

 

चितवन/ चितवन स्थित मंगलपुरका विक्रम कँडेल मोडलिङमा जमेका छन् । हाल बीबीएस तेस्रो वर्षमा अध्ययनरत विक्रमले आफूलाई अगाडि बढ्न घरपरिवारकै सहयोग रहेको बताउँछन् ।

‘मेरो ममी र बाबाले सधैँ मैले स्कूलमा गर्ने कार्यक्रमहरु हेर्ने गर्नुहुन्थ्यो र घर आएपछि मेरो तारिफ गर्ने गर्नुहुन्थ्यो । म सानैदेखि नाटक र डान्समा रुचि राख्थे । गाउँघरमा केही कार्यक्रम हुने भयो कि मेरो नाम पहिले आउँथ्यो । मैले गर्ने नाच र नाटकले दर्शकलाई प्रभावित गर्दथ्यो । कति त घरसम्म नै भेट्न आउँथे’, विगतको आफ्नो प्रतिभा उनी सुनाउँछन् ।

२०५० सालमा भउमनपा लक्ष्मीपुर, लंकुमा बुबा रामप्रसाद कँडेल र आमा पार्वती कँडेलका कान्छा छोरा विक्रम सानैदेखि चञ्चले स्वभावका थिए ।

सानैदेखि कलाकारितामा रुचि भएका उनी भविष्यमा कलाकार बन्ने सोच लिएर अगाडि बढेका थिए । जब उनले एसएलसी सके, उनले ११ कक्षा पढ्ने बेलामा नै कमल खत्रीको ‘मन चङ्गा चङ्गा भो’ गीतबाट आफ्नो जीवनकै पहिलो म्युजिक भिडियोमा प्रवेश पाए ।

उक्त भिडियो अत्यन्त राम्रो भयो । त्यसपछि अन्य ठाउँबाट पनि माग आउन थाल्यो । लगत्तै उनले १–२ वटामा अभिनय गरे तर ती गीतहरु सोचेअनुरुप राम्रो हुन सकेनन् ।

हाल उनले टंक बुढाथोकीको गायन, म्युजिकमा र शोभित बस्नेतको निर्देशन रहेको ‘मेरो भागको खुसी’ भन्ने गीतमा अभिनय गरेपछि उनको चर्चा चुलियो । उनको अभिनयको तारिफ झनै बढ्न थाल्यो । यो गीतले नेपालभर नै सफलता हासिल ग¥यो ।

मोडलिङमा जमे पनि व्यापारलाई पनि सँगसँगै अगाडि बढाइरहेका उनी मोडलिङमा कमाइ भए पनि व्यापारलाई आफ्नो कर्म मानेका छन् । ‘मोडलिङ गरेर परिवार चल्न गाह्रो छ’, उनी भन्छन्, ‘त्यसैले व्यापार मेरो लागि अपरिहार्य छ ।’

व्यापार र मोडलिङलाई कसरी सँगसँगै लैजानुहुन्छ भन्ने जिज्ञासामा उनी समय निकालेर मोडलिङलाई अगाडि बढाउने र धेरै समय दिनु परे बुबाको सहयोग लिने बताउँछन् ।

भर्खरै उनको नयाँ गीत ‘परेलीमा मेरा आँसु’ नायिका निता ढुङ्गानासँग आएको छ । सो गीतका गायक एनपी खरेल हुन् भने निर्देशन दीपक खाँडले गरेका हुन् । अहिले यो गीत निकै चर्चामा आएको छ ।

 

कँडेल मोडलिङमात्र नभई चलचित्रमा पनि देखा पर्न थालेका छन् । ‘होस्टल रिटन्र्स’मा छोटो भूमिकामा देखिएका विक्रमले अविनाश गजुरेलको निर्माण र विमल पौडेलको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’मा सहनायकको भूमिकामा देखिएका छन् ।

लगत्तै दसैँअगाडि २ वटा म्युजिक भिडियो सक्ने उनको लक्ष्य छ । केही चलचित्रमा ‘अफर’ आए पनि कार्यव्यस्तताका कारण समय दिन नसकेको उनी सुनाउँछन् । निकट भविष्यमा आफ्नै व्यानरमा चलचित्र निर्माण गर्ने योजनासमेत उनको छ ।

चितवनबाट नै बनेका केही चलचित्रहरुमा धेरै पटक खेल्न अनुरोध भए पनि उनी थोरैमा देखिने तर राम्रो प्रभाव पार्ने किसिमको भूमिका गर्ने धारणा राख्छन् ।

‘लभ स्टोरी’ चलचित्र मन पराउने विक्रम पनि आफूलाई चकलेटी र लभर ब्वायको भूमिकामा प्रस्तुत हुन चाहन्छन् । तर परिआए जस्तोसुकै भूमिकालाई पनि न्याय दिनसक्ने उनको विश्वास छ । आफ्नो आइडल नायक भुवन केसीलाई लिने गरेका उनी यो क्षेत्रमा राम्रोसँग अगाडि बढ्नको लागि अभिनय जानेको खण्डमा सफल हुनुका साथै टिकिरहन सकिने बताउँछन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top