“मिसेस गुरुङ २०१७”को सक्सेस पार्टीको आयोजना



एसके ईन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस गुरुङ २०१७”को सफलता पूर्वक सम्पन्न पश्चात हिजो काठमाडौमा सक्सेस पार्टीको आयोजना गरको थियो । कमलादी स्थित कौजी लन्ज वारमा आयोजना गरिएको उक्त सक्सेस पार्टीमा, मिसेस गुरुङ २०१७ कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ सहयोग गर्नुहुने विभिन्न संस्थाका प्रतिनिधीहरु, निर्णायकहरु लगायत मिसेस गुरुङ २०१७ का मा सहभागिता जनाएका सहभागीहरु तथा प्रतियोगिहरुका आफ्ना अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतियोगीहरुले प्राप्त गरेका विभिन्न टाईटलहरुको प्रमाण पत्र वितरण गरिएको थियो । एस.के ईन्टरटेनमेन्टका अध्यक्ष,समाजसेवी, नायिका एवं मिसेस गुरुङ २०१७ का आयोजक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठले विजयी प्रतियोगीहरुलाई प्रमाण पत्र प्रदान गर्दै विजेताहरुलाई वधाई तथा शुभकामना दिनु भएको थियो । सोही कार्यक्रममा विजयीहरुलाई कौजी लन्ज वारको तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफी केशव थापाले संचालन गर्नु भएको थियो । सोहि कार्यक्रममा मिसेस गुरुङ २०१७ को ग्राण्ड फिनाले प्रतियोगिताको रेकर्ड भिडियो प्रर्दशन गरिएको थियो ।

भाद्र ११ गते कमलादी स्थित प्रज्ञा भवनमा आयोजना भएको पहिलो मिसेस गुरुङ २०१७ को उपाधी सुमना गुरुङले हात परेकी थिईन । उनले उपाधी सहित् डियो स्कुटी र ५० हजार बरावरको नगद तथा बिभिन्न गिफ्ट ह्याम्पर पनि हात पारेकी थिईन । त्यस्तै मिसेस गुरुङ २०१७ को फस्ट रनर अपमा सुजिता गुरुङले ताज हात पारेकी थिईन । उनले ताज सहित ५० हजार नगद पुरस्कार त्यस्तै २५ हजार बराबरको बिभिन्न गिफ्टह्याम्पर प्राप्त गरेकी थिईन ।त्यसै गरि सेकेन्डरनरपमा हेमा गुरुङ, थर्ड रनरअपमा रिना गुरुङ , फोर्थ रनरअपमा सुनिता गुरुङ, फिफ्ट रनरअपमा सरिता गुरुङ घोषित भएका थिए । उनिहरुले क्रमशः ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार सहित् बिभिन्न स्पोन्सर गिफ्ट प्राप्त गरेका थिए ।
बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र गुरुङ भाषा,लिपी,संस्कार,संस्कृतिको संरक्षणगर्न टेवा पुग्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाईटलहरुमा मिसेस पर्सानालिटीमा सुजिता गुरुङ, मिसेस बेस्ट ड्रेसमा रिना गुरुङ, बेस्ट प्राटिसिपेट चईसमा सुमना गुरुङ, मिसेस फ्रेन्डसिपमा सरिता गुरुङ, बेस्ट वाकमा कमला गुरुङ, मिसेस डिसिप्लिन एवार्डमा रिना गुरुङ, ब्युटिफुल हेयरमा हिमाला गुरुङ ,बेस्ट स्माईलमा बिना गुरुङ , भिवर्स चईस एवार्डमा हेमा गुरुङ, ब्युटिफुल स्किनमा सुनिता गुरुङ, मिसेस पपुलरमा सुमना गुरुङ, फेसबुक एवार्डमा हिमाला गुरुङ, बेस्ट गार्डनशिप एवार्डमा चिनिमाया गुरुङ, बेस्ट ट्यालेन्टमा आरती गुरुङ, मस्ट रेस्पन्शिवलमा मोनिका गुरुङ, बेस्ट पर्फरमेन्स एवार्डमा सुमना गुरुङ , बेस्ट फोटोजेनिकमा कमला गुरुङ, मस्ट चार्मिङमा सुनिता गुरुङ, बेस्ट एक्टिभमा मोनिका गुरुङ र बेस्ट ईन्टलेजेन्ट एवार्डमा हेमा गुरुङले हात परेका थिए ।
कार्यक्रमको प्रमुख अतिथीमा पहिलो महिला सभामुख ओनसरी घर्ती हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख निर्णायकमा कलाकार सरोज खनाल हुनुहुन्थ्यो । कार्यक्रममा दुई सामाजिक संस्थालाई नगद राशी सहित् सम्मान पनि गरिएको थियो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एसके इन्टरटेन्मेन्टका निर्देशक शान्ता लामा तथा समाजसेवी लोकेन्द्र श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन बनु लोप्चन तथा रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई राज मेकअप स्टुडियोको मेकअपमा, आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top