भव्य रुपमा सम्पन्न मिस हेरिटेज क्विन,रुपाले जितिन ताज



काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा लामाले जितेकी छन् । बुधबार सम्पन्न काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालीमा १४ प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रतियोगिता नं। ८ का रूपाले उपाधि जित्न सफल भएकी हुन । त्यस्तै गरि झापाकी बन्दना लामा मोक्तान फस्टरनरअप भइन् भने काभ्रेका संगीता तामाङ र सरिता लामा दोङ सेकेन्ड र थर्ड रनरअपको उपाधि जित्न सफल भए । मिस हेरिटेज क्वीन विजेतालाई क्राउन, क्स र ह्याम्पर पुरस्कार प्रदान गरिएको थियो । यसका साथै विभिन्न विधाका टाइटलहरुको उपाधि पनि दिएको थियो ।

प्रतियोगितालार्इ काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी लगायत अतिथिहरू रहेका थिए । ग्रेण्ड फिनालेको निर्णायकहरुमा गोरखापत्र दैनिकका बरिष्ठ पत्रकार दिपक श्रेष्ठ, मिलाप मासिकका प्रधानसम्पादक कृष्ण भुसाल , अभिनेत्री राधा लम्साल, नायक गजित विष्ट, आर्टिष्ट नेपालका प्रमुख राजेन्द्र लुइँटेल (राज) र मोडल तथा नायिका रश्मि तामागं रहनु भएको थियो ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले पहिलो पटक यस बर्षबाट मिस हेरिटेज क्वीन-२०१७ सुरु गरेको हो । आयोजक संस्थाको अध्यक्ष रवि लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरु रक गायिका सरस्वती लामा, राधा थोक्रा, बुद्ध लामा घिसिङ, एस के समुह, भुवन लामा, सन्तोषी गुरुङ र हरिसा बानिया लगायत रहेका थिए । कार्यक्रमलार्इ कोरियोग्रफर रोजिन शाक्य र संचारकर्मी बनु लोप्चनले संचालन गरेको थिए । आयोजक एवं युथ क्रियसन नेपालका प्रबन्ध निर्देशक मोडल शिल्पा तामागं ,कार्यकारी निर्देशक एन्जिला वाईबा तामागं तथा डान्स क्रोरियोग्राफर एवं संस्थाका बोर्ड अफ डाईरेक्टर विनोद लामाले अतिथी एवं विजेतालाई क्राउन तथा उपहारहरु प्रदान गरेका थिए ।

 

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top