B.I.A. १२औं वर्षमा प्रवेश



 

वीरभक्ति थापाको योगदानलाई कदर गर्दै काठमाण्डौ जिल्लाको उत्तरी क्षेत्रको शैक्षिक विकास र विस्तार गर्ने उद्देश्यले २०६३ सालमा सञ्चालन भएको बू.न.पा. वडा नं. ६ हात्तिगौंडामा रहेको भक्ति इन्टरनेशनल एकेडेमीमा १२औं अभिभावक दिवसका अवसर पारेर त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमूख प्रा. डा. टेकनाथ ढकालको प्रमूख आतिथ्यमा भक्ति दर्पण पत्रिकाको विमोचन समारोह भव्यताका साथ सम्पन्न गरिएको थियो ।

यस कार्यक्रममा अतिथिहरुको रुपमा बू.न.पा. का शिक्षा शाखा प्रमूख डा. नवराज नेपाल, पूर्व ए.आई.जी. रोहित थापा, नारायण काप्री, दिपक कार्की, जे.एस्. पौडेल, डा. प्रेम सिंह बस्नेत लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सभापती विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री फडिन्द्र बहादुर थापा र व्यवस्थापन निर्देशक उत्तम विक्रम थापा जस्ता सम्माननिय व्यक्तित्वहरु पनि यस कार्यक्रममा उपस्थिति हुनुका साथै विद्यालय व्यबस्थापन समितिका अध्यक्षको रुपमा श्री बद्री बहादुर थापाज्यूले पनि विद्यालयको वारेमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

यसैगरी विद्यालयका प्राचार्य शंकर प्रसाद भट्ट र अन्य उपस्थित अतिथिहरु द्वारा SEE 2073 का विद्यार्थीहरुलाई सम्मान र ३०० विद्यामा पुरस्कार वितरण गरिएको थियो । छिमेकी विद्यालयका प्रधानाध्यापकहरुले पनि शुभकामना व्यक्त गर्दै विद्यालयको दिन-प्रतिदिन बढ्दो प्रगतिको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा भक्ति इन्टरनेशनल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले आफ्ना ज्ञान –सीपवाट तयार पारेका विभिन्न आविष्कारहरु प्रदर्शनीका लागि राखिएको थियो । आफ्ना छोराछोरीहरुको आविष्कार देखेर त्यहाँ उपस्थित सम्पूर्ण अभिभावकहरुको अनुहारमा छुट्टै प्रकारको खुशी झल्किएको देखिन्थ्यो ।

आफूले सोचेभन्दा पनि धेरै अभिभावकहरुको उपस्थिति र कुनै अवरोध विना कार्यक्रम सु-सम्पन्न भएकोमा र त्यहाँ उपस्थित मान्यजनहरुको मुखबाट विद्यालयको प्रगतीको बारेमा चर्चा सुन्नुका साथै सबैलाई चकित बनाउने खालका विद्यार्थिहरुको प्रस्तुती देखेर B.I.A. को १२औं अभिभावक दिवसमा विद्यालयका प्राचार्य शंकर प्रसाद भट्ट दंग परेका थिए ।

IMG_20180210_113806 (1)

 

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top