ब्युटिसियन बबिता बुद्धाचार्य दक्ष इन्टरनेशनल अवार्डबाट सम्मानित



काठमाडौँ : ब्युटिसियन बबिता बुद्धाचार्य तिजको अबसरमा सम्पन्न भएको “मिस एण्ड मिसेस तिज २०७५” मा दक्ष इन्टरनेशनल अवार्डबाट सम्मानित भएकी छिन। दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा गरिएको कार्यक्रममा बरिष्ट हास्य कलाकार बसुन्धरा भुसाल तथा दक्ष इन्टरनेशनल प्रालिको अधक्ष्य टेकराज पाण्डेले ब्युटिसियन बबिता बुद्धाचार्यलाइ सम्मान गरेका थिए ।

बिगत लामो समय देखि सौन्दर्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप उनको कार्यको उच्च मुल्यांकन गर्दै ब्युटिसियन बबिता बुद्धाचार्यलाइ यो सम्मान प्रदान गरिएको थियो । सौन्दर्य क्षेत्रमा रहेर अन्य विभिन्न महिला दिदि बहिनीहरुको लागि प्रेरणाको श्रोत बन्दै उनीहरुलाई ब्युटिसियनको तालिम समेत प्रदान गर्दै महिलाहरुलाई स्वरोजगार तथा आत्मानिर्भर बनाउन सहयोग पुर्याउदै आएको हुदा उनलाई यो सम्मान प्रदान गरिएको थियो ।

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top