२९ गते नेकपाकाे शुभकामना आदानप्रदान कार्यक्रम, एक लाखलाई निम्तो



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाडवाडको अवसरमा गर्ने चियापानमा एक लाखलाई निम्तो गर्ने तयारी गरेको छ । नेकपाले नेपालीहरुको महान पर्व दसैं, तिहार, छठ, नेपाल सवत्, उधौली, इदलगायतका चाडपर्वको अवसरमा २९ असोजमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम भृकुटिमण्डपमा गर्ने भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार अहिले कार्यक्रमको तयारी भइरहेको छ । ‘करिब १ लाख लाई निमन्त्रणा गर्दैछौं,’ उनले भने, ‘दुवै अध्यक्षले हस्ताक्षर गरेको निमन्त्रणा–पत्र पठाउन थालिसकेका छौं ।’ कार्यक्रमको तयारीका लागि आइतबार पार्टी मुख्यालय धुम्बराहीमा बसेको बैठकेले मातहतका सबै पार्टी पंक्तिलाई तयारीमा जुट्न निर्देशन समेत दिएको छ ।

तत्कालिन नेकपा एमालेले ०५१ साल देखि दशैंको अवसरमा चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएको थियो । तत्कालिन माओवादी केन्द्रले भने शान्तिप्रक्रिया पछि तिहारमा चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्दै आएको थियो । पार्टी एकिकरणपछि नेकपाको यो दोस्रो चियापान कार्यक्रम हो ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top