हङकङविरुद्ध नेपाल विजयी :विश्वकप छनोट



काठमाडाैं- हङकङविरुद्ध नेपाल विजयी भएको छ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलिरहेको नेपालले आफ्नो महत्वपूर्ण र समूह चरणको अन्तिम खेल हंगकंगलाई पराजित गरेको छ ।

जिम्बाबेमा भएको खेलमा हंगकंगले टस जितेर पहिले ब्याटिंग गर्दै ४८।२ ओभरमा अलआउट हुँदै नेपालसामु १५४ रनको लक्ष्य दिएको थियो । १५४ रनको लक्ष्य पछ्याएको नेपालले ओभरमा जित निकाल्यो।

नेपाललाई जिताउन ब्याटिंगतर्फ रोहित कुमार ४८ , सोमपाल कामि ३७ ,अनिल शाह २६, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र ऐरी १२, पारस खड्का ११, आरिफ शेखले २ को बनाए ।

त्यसअघि हंगकंगका लागि निजकात खानले सर्वाधिक ४७ रन बनाएका थिए । त्यस्तै बाबर हयात २०, एह्सन खान २५, एह्सन नवाज १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक समेत जोड्न सकेनन ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै बसन्त रेग्मी र कारण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १्१ विकेट हात पारे ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top