सभामुख महराको राजीनामा स्वीकृत



निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ । बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिएको सुचना प्रकाशन गरेको छ । साथै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफूलाई बलात्कार गरेको आरोप लगाएपछि उनी अप्ठेरोमा परेका थिए । मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए ।

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ । उनलाई संगीन आरोप लगाएकी शाहीले मंगलबार बेलुका भने आफ्नो बोली फेरेर महराले आफूलाई केही नगरेको दावी गरेकी छिन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top