लोकप्रिय ब्याण्ड नेपथ्य सिक्किम जाँदै



लोकप्रिय ब्याण्ड नेपथ्यले भारतको सिक्किमका दर्शकलाई झुमाउने भएको छ । केहि साता अघिमात्रै राजधानीको स्वयम्भूमा कन्सर्ट गरेको नेपथ्यले आगामी मंगलबार सिक्किममा नेपाली लोकरक घन्काउने भएको हो । राज्यको दक्षिणवर्ती भेगमा पर्ने यस पर्यटकीय गन्तब्यमा अक्टोबर २८ तारिख (कात्तिक ११) देखि ‘राबाङ टुरिज्म फेस्टिभल’ आयोजना हुँदैछ ।

सिक्किमका मुख्यमन्त्री पवन चामलिङबाट उद्घाटन हुने उक्त कन्सर्ट पहाडमाथिको सुन्दर ताल छेवैमा हुनेछ । महोत्सवको समापन भने ३० तारिख (कात्तिक १३) का दिन नेपथ्यको प्रस्तुतीबाटै गर्ने कार्यक्रम आयोजकले तय गरेका छन् ।   

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top