‘रेखा शाह फाउन्डेसन’द्वारा आयोजित एकल कर्यक्रम सम्पन्न”



फागुन २४, काठमाडौं ।
आफ्नो २५ बर्सको गायन क्षेत्रलाइ पार गरेको अवसर पारेर गायिका रेखा शाहले यही फागुन २४ गते बिहिबार अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना गरेको एकल गायन कार्यक्रममा गायिका शाहले आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेकि छिन। उनले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’द्वारानै यस कार्यक्रमको आयोजना गरेकि हुन।‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ गीत लेखन संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेकी उनले शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरेकि छिन।rekha 3 rekha 1 rekha 4

उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन भने ‘तिमी बिना म एक्लै’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’,‘तिमीलाई केही हुँदै नहोस्’, ‘पोखूँ जस्ता चर्चित गीतहरु पनि गाएकि छीन।अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक गायिकाका गित गाएर उपस्थित सबैको मन जित्न सफल भ​एकि थीइन भने युगल गायनमा सुरजकुमार थापाले साथ दिएका थिए।

कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षा–दीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले महीला बालबालिका तथा समाज कल्याण मन्त्रि माननिय थममाया थापा ज्यूको हातबाट समाजसेवामा सक्रिय शक्ति समुह नेपालकि संस्थापक सदस्य चरिमाया तामाङ्ग र बरीष्ट गायीका तारा थापा ज्यू लाइ रु-११,१११।-रुपैंया र ताम्रपात्र दिएर सम्मानित गरिएको थियो।देशव्यापी लोकगायन प्रथम स्थान–रेडियो नेपाल, युवा छिन्नलता गीत पुरस्कार, म्युजिक अनर्स–रेडियो कान्तिपुर, ईमेज, कालिका, अन्नपूर्ण एफएमलगायतका अवार्ड र सम्मान प्राप्त गरेकी शाह अभिनयमा पनि सक्रिय छिन । आफ्ना गीतहरुमा उनी आफैले अभिनय गर्दै आइरहेकी छिन ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top