भैरहवाका प्रहरि,कैदिका लागि लादै गरेको चामल बेच्दै गर्दा पक्राउ



८ कात्तिक, भैरहवा । कैदीबन्दीले लागि सहुलियत दरमा आएको चामल भैरहवा कारगारले बजारमा विक्री गरेको पाइएको छ ।
बुधबार कारगारले भैरहवाको गल्लामण्डीस्थित नव शुभ गल्ला भण्डारमा १ सय ६१ बोरा मन्सुली चामल विक्री गर्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । भैरहवा कारागारका प्रमुख टेकप्रसाद देवकोटा नेपाल खाद्य संस्थानको चामल विक्री गर्न ल्याएको र आफुले खरिद गरेको सञ्चालक हिरालाल गुप्ताले बताए ।

नेपाल खाद्य संस्थानबाट कैदीबन्दीको लागि सहुलियत दर आएको चामल कारगारका स्टोर किपर राकेश गुरुङले लु १ त ६४१५ नम्बर ट्याक्टरमा लोड गरेर बेच्न ल्याएका छन ।बरामद भएको १ सय ६१ बोरा चामल ४८ क्विन्टल ३० किलो रहेको प्रहरीले जनाएको छ ।

भैरहवा कारागरले कैदीबन्दीको लागि बुधार मात्र ४ लाख ४१ हजार एक सय ८० रुपैयाँको ९१ क्वीन्टल २० किलो चामल नेपाल खाद्य संस्थानबाट मगाएको थियो । जसमध्ये ४८ क्वीन्टल ३० किलो चामल विक्री गर्दा गर्दै बरामद भएको छ ।कारागार प्रमुख देवकोटा र स्टोर किपर गुरुङको मिलामतोमा चामल विक्री गरिएको स्रोतको दाबी छ ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कैदीबन्दीका लागि आएको चामल बजारमा विक्री भएको अवस्थामा बरामद भएको पुष्टि ष्गरे । घटनाबारे छानबिन गरी दोषीलाई कारवाही हुने उनले बताए ।

भैरहवा कारगारका प्रमुख देवकोटाले भने कैदीबन्दीको लागि नेपाल खाद्य संस्थानबाट खरिद गरेको चामल आफुले बजारमा विक्री नगरेको दावी गरे ।चामल लिनका लागि कार्यालय सहयोगी रविन्द्र पासी गएको र पासीले उक्त चामल गोदाम राख्न लगाएको अवस्थामा प्रहरीले बरामद गरेको दावी गरे ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top