‘ब्लाइन्ड रक्स’ प्रिमियरमा वेनिशाको तारिफ



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को बुधवार बिहान कुमारी हलमा प्रिमियर गरिएको छ । यो फिल्म दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । निर्देशक तथा हास्यकलाकार अनिय लगायत फिल्मको प्रिमियरमा उपस्थित भएको थिए । फिल्म हेरेका अधिकांशले नायिका वेनिशा हमालको कामको तारिफ गरे । उनले फिल्ममा आफूलाई सृष्टि जस्तै देखिन कुनै कसर बाँकी राखेकी छैनन् ।

Benisha-Main

 

फिल्मको कथावस्तु र निर्देशन मिलन चाम्सलाई पनि तारिफको ओहिरो लाग्यो । अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारहरुको कामलाई पनि चलचित्रकर्मीले उत्कृष्ट बोलेका छन् । ‘ब्लाइन्ड रक्स’ मा सृष्टि केसीको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको जीवन संघर्ष देखाइएको छ । डाक्टरको गलत औषधीका कारण दृष्टि गुमाएकी सृष्टिको भूमिका रिलमा वेनिशाले निर्वाहा गरेकी छिन् । आमाको भूमिकामा गौैरी मल्ल छिन् भने प्रेमीको भूमिकामा अर्पण थापा प्रस्तुत छन् । फिल्मका निर्माता निकेश लिम्बु हुन् ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top