प्रिय सुफीमा आए सुबिन



काठमाडौं । लेखक सुबिन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नायिका आँचल शर्मा, लेखक सुविन भट्टराई, गायिकाहरू शीतल मोक्तान र सुवानी मोक्तानले पुस्तक सार्वजनिक गरे ।कार्यक्रममा मोटिभेसनल वक्ता गणेश अगम ढुंगानाले आफुले पुस्तक एकै बसाइमा पढेर सकेको बताए । उनले पुस्तकले मायालाई पुर्नपरिभाषित गरिदिएको दाबी गरे ।

 

नायिका शर्माले आफूले भट्टराईका अन्य कृति पढेको र यसले पनि सबैको मन छुने बताइन् । उनले आफू पनि नयाँ पुस्तक पढ्न आतुर रहेको जनाइन् । लेखक भट्टराईले नयाँ पुस्तक पनि यसअघिका पुस्तकलाई जस्तै सबैले मन पराइदिनेमा विश्वस्त रहेको बताए ।कार्यक्रममा गायिकाद्वय शीतल र सुवानी मोक्तानले ‘आऊ न माया गाँस न’, ‘तिमीबिनाको जीवन काँडा भो’ गीत गाएका थिए । पुस्तक पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top