चैत मसान्तसम्म अदालतहरु बन्द



देशभरका अदालतको काम कारबाही चैत मसान्तसम्म बन्द हुने भएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि भएको निर्णयलाई संशोधन गर्दै चैत २८ गतेसम्म अदालतको काम कारबाही बन्द गर्ने निर्णय गरेको हो ।

चैत २९ गते शनिबार परेकोले अब अदालतमा नियमित मुद्दाहरुको सुनुवाई चैत मसान्तदेखि मात्रै सुरु गरिने छ। कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउन थपिएसँगै अदालत समेत चैत २८ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो।

यो निर्णयसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई  चैत मसान्तसम्म रोकिने जानकारी प्राप्त हुन आयको छ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top