कसले खुकुरी प्रहार गर्यो गायिका सिता थापा माथि ?



राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष सिता थापा माथि खुकुरी प्रहार भएको छ । आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) को खुकुरी प्रहारबाट थापा घाइते भएकी छिन् । सामान्य घरायसी किचलो भएको र त्यहि किचलोको कारण गायिकालाई पछाडी बाट खुकुरी प्रहार गरि घाइते बनाइएको हो ।

 

अहिले घाइतेको अल्का अस्पतालमा उपचार भईरहेको छ ।घरायसी झगडा भएको कारण गायीका स्वयम् ले खबर मिडियामा न आओस भन्ने आशय व्यक्त गरेका कारण उनलाई भेट्न गएका संचारकर्मीहरुले उनकै आग्रहमा समाचार लेखेनन् ।अहिले भने जावलाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भई कारवाही अगाडी बढेको कुरा समेत श्रोतले बतायो । यस बिषयमा प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीसँग जिज्ञासा राख्दा पिडित कलाकारलार्इ न्याय दिलाउन आफुहरु सकेसम्म लागि परेको बताउँछन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top