आकास चोपडा – सन्दीप लामिछानेलाई आजको खेलमा मौका दिनुपर्छ



दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा हुनेछ।टेबलको अन्तिममा रहेको डेयरडेभिल्स टेबलको पहिलो स्थानमा रहेको चेन्नई सुपर किंग्ससंगको १३ रनको हारपछि आजको खेल निकै महत्वपूर्ण हुनेछ।आईपीएलको अन्तिम ४ मा पर्नका लागि पनि अबको खेलहरूमा जित हात पार्नुपर्ने भएको हुँदा दिल्ली निकै कठिन स्थितिमा रहेको छ ।

 

 

दिल्ली अहिले आईपीएलको पुछारमा छ।आजको खेल राजस्थान रोयल्सको होम गराउंदमा हुनेछ र दुवै टिमलाइ आईपीएल यात्रा कायम राख्न आजको खेल जित्नै पर्नेदबाब छ। आकाश चोपडाका अनुसार डेयरडेभिल्सले आजको खेलमा सन्दीप लामिछानेलाई खेलाउनुपर्ने बताएका छन्। उनका अनुसार डेयरडेभिल्सले लेग स्पिन्नर सन्दीपलाई मौका दिनु पर्ने बताएका छन्।दिल्लीमा ग्लेन म्याक्श्वेल, क्रिस मोरिस, ड्यानियल क्रिस्टेयन, सन्दीप लामिछाने, जासन रोय, टेन्ट बोल्ट, कोलिन मुनरो र लिआम प्लुंकेट गरी ८ जना विदेशी खेलाडी छन् । यीमध्ये ४ खेलाडीले आजको खेल खेल्न पाउने छन् ।नेपालका सन्दीपले अहिलेसम्म कुनै खेल पनि खेल्न पाएका छैनन् । अवसरको पर्खाइमा रहेका सन्दीपको आजको खेलमा पनि
खेल्ने मौका निकै कम रहेको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top