‘हैरान’को प्रदर्शन मिति तय



विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल सौगात बिष्टले निर्देशन गरेको दोश्रो फिल्म ‘हैरान’को प्रदर्शन मिति तय भएको छ । लामो समयसम्म प्रदर्शनको मिति तय नभएर हैरान खेपेको चलचित्र हैरान अव विना हैरानी २०७५ को जेष्ठ ४ मा रिलिज हुने भएको छ । चलचित्रलाई काठमाण्डौ उपत्यकामा माधव वाग्लेको पपकर्न पिक्चर्सले र उपत्यका बाहिर मनोज राठीले वितरण गर्ने छन् ।


कार्यकारी निर्माता सम्झना पोख्रेल रहेको गजित बिष्ट, सत्यराज आचार्य, सरोज खनाल,शिशिर भण्डारी, मोहमद वसिम राजा, बुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

saroj khanal hairan
डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाको लगानी रहेको छ । कथा तथा कोरियोग्राफी गम्भिर बिस्टको छ भने द्वन्द चन्द्र पन्तको रहेको छ । नवराज उप्रेती र निरज कडेलले खिचेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका छन् । चलचित्रलाई कमेडी धारमा निर्माण गरिएकोले चलचित्र हेरुनजेल दर्शकले स्वस्थ मनोरन्जन लिने जानकारी नायक गजित विष्टले दिए ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top