एक गीत र केही सिन बाँकी राख्दै ४४ दिनमा सकियो ‘झिँगे दाउ’को छायाँकन



काठमाडौं – केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषाल स्टारर सिनेमा ‘झिँगे दाउ’को सुटिङ ४४ दिनमा प्याकअप भएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाका अनुसार एक गीत र दुई दिनको सिन बाँकी राख्दै सम्पुर्ण छायाँकन सकिएको छ । निर्माण टिम, कलाकार र प्राविधिकको राम्रो साथले सिनेमा निकै राम्रो बन्ने विश्वास उनमा छ । छायाँकन सकिएसँगै सिनेमाको सम्पादनको काम पनि सुरु भएको उनले बताए ।

‘झिँगे दाउ’को नेपाल मै पहिलो पटक मित्र डि गुरुङको सम्पादन टेबुलमा एट के प्रविधिमा भैरहेको बताए । उनले अगाडी – ‘भने मैले जानकारी पाए अनुसार आजसम्म कुनै पनि नेपाली सिनेमाको एट के प्रविधिमा सम्पादन गरिएको छैन् । त्यसैले पनि मेरो टिमले नेपालमा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गर्न लागेको दाबी छ ।’ सिनेमाको सम्पुर्ण काम सकिएपछि मात्रै प्रदर्शन मिति तय गरिनेछ ।

‘झिँगेदाउ’को सम्पुर्ण छायाँकन खोटाङको हलेसी र भकुेन्डेबेसीमा गरिएको छ । त्यहाँ इनडोर र आउटडोर लागि भव्य सेट निर्माण गरेर छायांकन गरिएको थियो ।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ बन्न लागेको हो । सिनेमाका निर्माता निर्देशक देउजा स्वयं हुन् । सिनेमामा कुशल बिष्ट, आशा भुषाल, हिँउवाला गौतम, अंशु महर्जन लगायतका कलाकार मुख्य भूमिकामा छन् ।कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्मको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । भने, पटकथा एवं संवाद लेखक प्रदीप भारद्धाजले तयार पारेका हुन् । फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन् ।

सामाजिक कथामा निर्माण हुन लागेको सिनेमामा कलाकारको भूमिकाले दर्शकलाई निकै उत्साहित बनाउने विश्वास निर्देशकको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top