12 मासेको गित सार्वजनिक ढिक्के फुली



चलचित्र १२ मासेको ढिक्के फुली बोलको नयाँ गीत सार्बजनिक भएको छ । आमा पार्वती देबी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको उक्त चलचित्रमा जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको छ । अहिलेका निकैनै व्यस्त र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा सागर खरेलको शब्द  छ भने आवाज गायक कृष्ण पाण्डेको  रहेको छ।

शिब बिकको कोरियोग्राफी रहेको यस चलचित्र मा सुशील सैजु को प्रोडक्सन रहेको छ । चलचित्रमा जय किशन बस्नेत पुजना प्रधान का अलावा मरिच मान श्रेष्ठ (बल्छी धुर्बे ),पुरण थापा ,सोनीका बास्तोला ,सबनम दाहाल,राधा श्रेष्ठ (राम प्यारी ) र प्रदिप पाठक (नक्कली प्रचण्ड )को पनि अभिनय रहेको छ भने यस चलचित्रमा बासु न्यौपाने को छायांकन ,अनन्त घिमिरेको सम्पादन रहेको छ भने चलचित्रलाई हास्य पिता लय संग्रौलाको निर्देसन रहेको छ र चलचित्रलाई जेठ ११ गते रिलिज मिति तोकिएको छ ।

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top