‘हैरान’ को फर्स्टलुक पोष्टर सार्वजनिक



विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्र ‘हैरान’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको पोष्टर सार्वजनिक गरिएको हो । कमेडी जनरामा तयार पारिएको फिल्ममा सरोज खनाल,सत्य राज आचार्य , गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, बुद्धि तामाङ , पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

 

 


 

Comments

comments

MOVIES review

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

Back To Top