‘सुपरस्टार नाइट्स’ हुँदै कतारमा आज




नेपाली कला, संकृति र सांगीतिक क्षत्रेलाई विश्वका विभिन्न देशमा पुर्‍याउने उद्देश्य लिएर आज बेलुकी कतारमा ‘कुमारी बुम सुपरस्टार नाइट्स’को आयोजना हुँदैछ । यो कार्यक्रममा सहभागी हुन कलाकारको जम्बो टोली कतार पुगिसकेको छ ।

कलाकारहरु पनि कार्यक्रमलाई लिएर निकै उत्साहित देखिएका छन् । ‘एम्पी थिएटरमा पहिलो पटक प्रस्तुति दिदै छु’ कतार आईपुगेका गायक अनिल सिंह भन्छन् ‘कतारबासी नेपालीलाई नचाउने तयारी गरिसकेको छु ।’ कार्यक्रमको लागि नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंह, नृत्य निर्देशक शंकर बिसी, लोक गायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायक अनिल सिंह, गायक युवराज चौलागाई, नायिका अनु शाह लगायतको टीम कतार पुगिसकेको बताईएको छ । बुम रेमिटका प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तका अनुसार कतारको सनैयास्थित एम्पी थिएटरमा शुक्रबार साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

 

अनिल मात्र होइन जितु पनि हँसाउन तयार छन् । ‘यो टोलिसँग कतार आउन पाउँदा रमाइलो अनुभूति भईरहेको छ’-जितु भन्छन्- ‘यसपटक एम्पी थिएटरको लागि खास कमेडी छ ।’ यसैगरी राधिका हमाल भने लोक दोहोरि गीत मार्फत नचाउने तयारीमा छिन् गायक युवराज पनि आधुनिक तथा फिल्मको आˆनो हिट नम्बरलाई त्यहाँ प्रस्तुत गर्ने तयारीमा छन् ।

यसैगरी पछिल्लो समय ‘सुर्के थैली खै’ हुदै ‘कुटुमा कुटु’सम्म आइपुग्दा लोकप्रिय भइसकेका गायक तथा संगीतकार राजनराज शिवाकोटी पनि एम्पी थिएटरमा पहिलो पटक प्रस्तुति दिने तयारीमा छन् । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गर्छन् । कार्यक्रमको गेट ४ बजे खोलिनेछ भने ६ बजेबाट कार्यक्रम सुरु हुनेछ । दर्शकले कार्यक्रम हेर्नका लागि ४०, १०० र १५० रियाल तिर्नुपर्नेछ ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top