रेजिना फिल्मले ९ नायिकालाई सम्मान गर्ने



रेजिना फिल्मस् प्रा.ली र शहिद फिल्मस् प्रा.लीले नेपाली चलचित्र क्षेत्रका ९ नायिकालाई एउटै मञ्चमा सम्मान गर्ने भएको छ । हिन्दुहरुको महान चाड दशैंको अवसर पारेर असोज १३ गते एक कार्यक्रमको आयोजना गर्दै ९ नायिकालाई सम्मान गर्न लागिएको हो ।

सम्मानित हुनेमा प्रथम नायिका भूवन चन्ददेखि अहिलेकी चल्तीकी नायिका स्वस्तिमा खड्कासम्म छन् । भूवन र स्वस्तिमा बाहेक सम्मानित हुनेमा नायिकाहरु बसुन्धरा भुषाल, गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौला, संचिता लुइटेल, नम्रता श्रेष्ठ छन् ।

रक्षा नेपालको सहयोगार्थ आयोजना हुन लागेको ‘राष्ट्रिय नवदुर्गा सम्मान तथा सांकृतिक कार्यक्रम’मा ९ नायिका सम्मानित हुन लागेका हुन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top