‘मिस्टर नेपाली’ को दशैं गीत ‘हे मेरा परदेशी दाजुभाई’ सार्वजनिक



सदावहार अभिनेता भुवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ कात्तिक २९ बाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले भने प्रचारप्रसार सुरु गरेको छ ।यसै क्रममा फिल्मको दशैं गीत ‘हे मेरा परदेशी दाजु भाई’ सार्वजनिक गरिएको छ । गीतमा लिरिकल भिडियो समेट्दै सार्वजनिक गरिएको हो ।

गीतले विदेश गएका नेपालीहरुको कथा बाचन गरेको छ । गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत गीतमा छ । भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रिमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको फिल्म देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको हो ।

प्रेमराज दाहालको लगानी, निरज कँडेलको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी फिल्ममा छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top