बाहिरियो सिनेमा ‘ईन्टु मिन्टु लण्डनमा’ को लुक्स रोमान्टिक मुडमा साम्राज्ञि र धिरज



नृत्य निर्देशन गरेर ख्याती बटुलेकी नृत्य निर्देशक रेनेशा बान्तावाको निर्देशकिय डेब्यु चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ को फस्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । निर्देशक बान्तावाले सामाजिक संजाल फेसबुकबाट उक्त पोस्टर सार्बजनिक गरेकी हुन् । पोस्टरमा फिल्मका मुख्य नायक धिरज मगर र नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह रोमान्टिक मुडमा फिचर छन् ।

L005_C014_0105PJ

फिल्मकी नायिका साम्राज्ञि राज्य लक्ष्मी शाहको लण्डन भिषा नलागेर लन्डन छायांकन ढिला भएपनि नेपालको भने सम्पुर्ण छायांकन समापन भएको छ । युकेको पनि ७५ प्रतिशत छायांकन सकिएको छ भने खबर अनुसार नायिका साम्राज्ञि भने आर्यानको ‘कायरा’ छायांकनको लागि फिलिपिन्स उडिसकेकी छिन् । फिल्मको बाकी २५ प्रतिशत भने बसन्त ऋतु अर्थात चैत्र-बैशाखको मौसममा छायांकन गरिने भएको छ ।

L007_C023_0106WN

चलचित्र ‘ईन्टु मिन्टु लन्डनमा’ मा निर्देशक रेनेशा र प्रज्वल समशेरले संयुक्त रुपमा कथा तयार पारेका छन् । आई कोर फिल्मस्को व्यानरमा निर्माण भएको उक्त चलचित्रमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराको लगानी रहेको छ भने सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल सह-निर्माता हुन् ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top