फिल्म लिलिबिलीमा प्रदिप खड्काको मनको परी प्रियंका कार्की ( गीत )



निर्देशक मिलन चाम्सले निर्माण तथा निर्देशन गरेको फिल्म लिलिबिलीको तेश्रो गीत हावा सरी सार्वजनिक गरिएको छ । गीतको भिडीयोमा प्रदिप र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

संगीतको शब्द दिपेन्द्र घिमिरेले लेखेका हुन् । हावा सरी बोलको गीतमा एस. डी योगी र मेनुका पौडेलको स्वर रहेको छ भने एस. डी योगीको संगीत रहेको छ ।

लण्डनमा छायांकन गरेको फिल्म लिलिबिलीमा प्रदिप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतको मूख्य भुमिका रहेको छ । चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस् र सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टले संयुक्त रुपमा लिलिबिली निर्माण गरेका हुन् । गोविन्द शाही र सुदिप खड्का फिल्मका निर्माता हुन् ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top