नयाँ चलचित्र ‘छ माया छपक्कै’ बनाउदै दिपक र दिपा



 

 कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँगको सहकार्यमा बनाउन लागेको फिल्मको नाम फाइनल भएको छ । फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको जनाइएको छ ।

सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हाे।

दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको कारण यो फिल्मको नाम पनि ‘छ’ अक्षरबाटनै जुराइएको बुझिएको छ । दिपेन्द्र  लामाले यो फिल्मको निर्देशन गर्नेभएका छन भने,२२ बैशाखबाट छायांकनमा जाने तयारी भइरहेको फिल्म दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् ।

यो फिल्म दीपकको टिमले ५० प्रतिशत मुनाफा लिने सहमति भएको छ । तर लगानी भने पुरै रोहित अधिकारीले गर्नेछन् । फिल्ममा दीपक र केदार घिमिरे बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको छ । फिल्ममा  दीपक शर्माको संगीत रहनेछ ।

फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top