चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक



आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक गरिएको छ । निसन्तानको कथामा निर्माण भएको यो चलचित्रको ट्रेलरमा पनि सन्तान नहँदाको पिडा प्रष्ट देख्न सकिन्छ । चलचित्रमा नायक बिपिन कार्की र नायिका नम्रता श्रेष्ठ श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् । चलचित्रमा अभिनेता निश्चल बस्नेतको पनि मुख्य भूमिका छ ।

दिनेश राउत निर्देशित यो चलचित्रमा एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य मान्यता विरुद्धको कथा छ । पत्रकार सुशील पौडेलले चलचित्रको कथा लेखेका छन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको  ‘प्रसाद’मा सह–निर्देशकका रुपमा बिकास सुवेदी रहेका छन् भने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top