महादेव त्रिपाठी आफै निर्देशन गरेको चलचित्रलाई रिच ईन्टरटेनमेन्टले वितरण गर्दैछ । यो चलचित्र धेरै पहिले निर्माण भएको थियो, विभिन्न कारणले प्रदर्शन मिति सरिरहेको थियो ।

याक इन्टरटेनमेन्टको प्रस्तुतीमा वनेको यो चलचित्र नेपाली समाजको यथार्थपरक घटनालाई हास्य तवरवाट निर्माण गरिएको निर्देशक त्रिपाठीले बताए । चलचित्रमा चर्चित जादुगर हास्य कलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, नव नायिका सिम्पल खरेल, विश्वका होचो कलाकार दिपेन शाह, सुरेन्द्र केसी (मुलाको साग), संगीता लामा, शिव शंकर रिजाल(जोगेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बास्यैकि अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, सरु धिमाल, संचारकर्मी सुर्य चन्द रेशम फिरिरी लागायतका कलाकारहरुको अभिनय रहको छ ।

चलचत्रिलाई मधुर वस्नेतले छायांकन गरेका हुन् । बिशेष पन्तको लेखन रहेको चलचित्रलाई नितेश लामाले सम्पादन गरेका हुन ।