चलचित्र ‘ए मेरो हजुर ३’शुक्रबार देखि हलहरुमा रिलिज हुने



 

नायिका सुहानाले पहिलो चलचित्रमा देखाएको अभिनयको सबैले तारिफ गरेका थिय। एक फ्यान र एक स्टार बिचको कथालाई आधारित बनाएर निर्माण गरिएको यस चलचित्रले दर्शकको मन जित्ने विश्वास रहेको चलचित्रकर्मिले बताएका छन। प्रिमियरमा चलचित्रका मुख्य नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा, नायक सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा उपस्थित थिए ।

यस्तै, चलचित्र हेर्नका लागि निर्माता तथा कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, नायिका करिश्मा मानन्धर, नीता ढुंगाना, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे, निर्देशकहरु दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, माधव वाग्ले, रोहित अधिकारी लगायत हल पुगेका थिए। यसैगरी सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि यस चलचित्र उत्कृष्ट भएको बताउदै  सुहाना र अनमोलको कामको प्रशंसा गरे ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top