एक किशोरीको कथा ‘पञ्चायत’



काठमाडौं । पञ्चायती व्यवस्थामा समाजमा हुने कानूनी न्यायलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । २०३३ सालको कथालाई उठान गरिएको फिल्मको ट्रेलरमा नायिका नीता ढुंगानाले पाएका दुःखलाई प्राथमिकता दिइएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार पत्रकार र फिल्मकर्मीमाझ राजधानीमा सार्वजनिक गरिएको हो ।

 

Capture

 

अन्यायमा परेकी नीताले आफूलाई न्याय दिन नसक्ने भन्दै संवाद बोलेकी छन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रवि अधिकारीको कार्यकारी निर्माण छ ।फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, गीता अधिकारी, किशोर थापालगायतका कलाकारको मुख्य भूमिका छ ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top