अर्गानिक भ्यूज ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’को



 

अहिले चलचित्रको ट्रेलर वा गीतले युटुबमा राम्रो भ्यूज छोटो समयमा नै पायो भन्दैमा मख्ख परिहाल्ने अवस्था छैन । कारण, भ्यूजमा रेकर्ड राख्ने लोभमा अहिले निर्माताहरु महंगो रकम खर्चिएर दर्शक संख्या किनिरहेका छन् । जसलेगर्दा, कुनै पनि ट्रेलर वा गीतको अर्गानिक भ्युज कति हो भन्न सकिने अवस्था छैन ।

निर्माता छविराज ओझाको निर्माणमा तयार भएको चलचित्र ‘मंगलम’को ‘पर्ख पर्ख मायालु’ बोलको गीतलाई पनि १ करोड भन्दा बढी पटक हेरिएको छ । निर्माता छविराज ओझा यो भ्यूज अर्गानिक भएको बताउँछन् । छविले भने-‘हामीले भ्यूज किनेका छैनौ । दर्शकले मन पराएर नै १ करोड भ्यूज पुगेको हो ।’

फागूण २५ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा शिल्पा पोखरेल, पुष्पल खड्का र पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ । सार्वजनिक भएको करिब ७ महिनामा यो गीतले १ करोड भ्यूज पाएको हो । यो गीतका कारण पनि चलचित्रको व्यापारमा फरक पर्ने विश्वास निर्माणपक्षको छ ।

 
Capture

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top