अभिनेत्री विनिता बराल गर्भवती



अभिनेत्री विनिता बरालले आफू गर्भवती रहेको भन्दै आफ्ना शुभचिन्तकलाई दशैंको छेकोमा सरप्राइज दिएकी छन् । गएको ४ महिना अगाडि प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेकी उनले बिहीबार बिहान फेसबुकमा एक तस्बिर साझेदार गर्दै आफू गर्भवती रहेको जानकारी दिएकी छन् । तस्बिरमा उनले आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् ।

उनले आफ्नो गर्भमा ‘लिटिल विनिता’ रहेको भन्दै भन्दै खुसी व्यक्त गरेकी छन् । ‘बेबी बम्प’ देखाएको तस्बिरमा उनलाई निकै खुसी मुद्रामा देख्न सकिन्छ । आफू गर्भवती रहेको खुलासा गरेसँगै अहिले उनलाई सामाजिक सञ्जालमा शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट बधाईको ओहिरो लागेको छ । अरुणिमा लम्साल, यूना उप्रेतीलगायतले उनलाई फेसबुकमा बधाई दिएका छन् ।

अध्ययनका लागि भन्दै केही वर्ष अगाडि अमेरिका हानिएकी उनले पुनः नेपाल फर्किएर चलचित्र गरेकी छैनन् । उनको पछिल्लो रिलिज चलचित्र ‘उमंग’ हो । उनी अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन् । तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top