गायक बादल प्रसाइको ‘दैब पुकार’



badalभर्खरै रेकर्डिङ सकेका गायक बादल प्रसाईं आफ्नो प्रेमिकाका लागि दैबसँग आफ्नो मनको दुखेसो पोख्दै हिड्नुभएको छ । “दैब तैले“ बोलको उक्त गीतको रेकर्डिङ तथा म्युजिक भिडियोको शूटिङ पनि किर्तिपुर तथा काठ्माण्डौँ लगायतका विभिन्न स्थानहरुमा गरिएको छ ।

पहिलो पटक आफ्नो धार भन्दा फरक शैली अर्थात अधुनिक(पप गाएका बादल आफू गायक भएपछी जस्तो गीत पनि गाउनु पर्छ भन्ने मन्यता राख्नुहुन्छ । गीतमा धेरै समय अघिदेखी यस क्षेत्रमा लगिरहेका अर्का चर्चित गायक तथा सँगीतकार सुमन कुमार श्रेष्ठले सँगीत दिएको गीतमा शब्द पुष्पराज तिमिल्सेनाको रहेको छ । भोईस डिजिटल रेकर्डिङ स्टुडियोमा रेकोर्डिङ कार्य सम्पन्न भएकोे हो ।

तेजस्वी कला केन्द्रको निर्माण रहेको उक्त भिडियोमा राम्रै सम्भावना बोकेकि नब नायिका तथा मोडेल बिशाखा तिमिल्सिना र नव मोडेल रिसब बस्नेतको अभिनय देख्न पाईन्छ । सुदिप श्रेष्ठको सिनेम्याटोग्राफी तथा अनुप पौडेलको ईडिटिङ रहेको उक्त भिडियोको डाईरेक्सन भने पुष्पराज तिमिल्सेनाको छ । यो भिडियो चाँडै नै विभिन्न मिडिया टेलिभिजनबाट रिलिज हुने कुरा तेजस्वी कला केन्द्रका अध्यक्ष्र सुमन कुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top