प्रमिला राईले ल्याईन् एक उत्कृष्ट म्युजिक भिडियो



गायिका प्रमिला राईको दाश्रो सोलो गीत सार्वजनिक गरिएको छ । ‘जाउँ न’बोलको उक्त गीतमा संजिव सिंहको शब्द तथा संगीत रहेको छ भने दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।  गीतको भिडियोमा प्रमिला आफैले मोडलिङ गरेकी छिन् भने उनलाई भुवन खड्काले साथ दिएका छन् ।

नेपाल आईडलबाट बाहिरिएसँगै प्रमिलाले धेरै गीत गाए पनि यो उनको दोश्रो सोलो गीत हो । यो भन्दा अघि उनले ‘कान्छा हौं’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । फिरोज अर्पनले निर्देशन गरेको भिडियोमा ग्रामिण परिवेशको कला,संस्कृति र परम्परालाई झल्काईएको छ । भिडियोमा प्रमिला आँफैले बाइक चलाएकी छिन् । ‘यो मेरो दाश्रो सोलो गीत हो, आशा छ दर्शकले पहिलो गीत जत्तिकै माया गरिदिनुहुनेछ’ प्रमिलाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । उनी अहिले यसैगीतको प्रमोशनमा ब्यस्त छिन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top