‘द कार्टुन्ज क्रु’ को ‘रेली माइ’ एक दिनमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा



‘द कार्टुन्ज क्रु’ र चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको नया गीतको भिडियोले युट्युबमा उधम नै मचाएको छ ।  यो बर्ष मात्रै चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ गीत र आसुको अर्थ जस्ता सफल गीत दिएका छन् ।सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।बिहिबार बेलुका युट्युबमा सार्वजनिक गरिएको गीत एक दिनमा नै गीत नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ ।गीतले रिलिज भएको केहि घण्टा नपुग्दै नेपालको युट्युब ट्रेन्डिङको शीर्षस्थानमा कब्जा गर्न सफल भएको छ ।

रेली माइ’ बोलको सार्वजनिक गीतलाई ५ लाख ७३हजर बढी बढीले हेरी सकेका छन् ।गीतमा ३१ हजार भन्दा बढी लाईक र १६ बढी डिसलाईक आएको छ।अहिले सम्म २८७३ जनाले कमेन्ट गरेको यस गीतलाई युटुबमा र सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ ।गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु  सरोजअधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फ़िचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

 

 

 

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top