चलचित्र ‘काले दाई’को ‘आँखा आँखा जुधी’ बोलकोगीत सार्वजनिक



असोज १७ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाई’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर छ । इन्द्र रामजालीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका अभिनेता इन्द्र रामजाली र अभिनेत्री अनु पराजुली रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथा वाचन गरेको चलचित्रमा इन्द्र र अनुका अलावा शिशिर भण्डारी, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ । इन्द्र रामजाली र किशन अर्यालको कथा रहेको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व र तारा थापा ‘किम्भे’ को सम्पादन छ । एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा चलचित्र केन्द्रित छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top