चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो



हिजोबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’को ओपनिङ सुखद देखिएको छ । प्रदर्शन अघिनै बुकिङमा समेत राम्रो देखिएको ‘शत्रु गते’ मा दर्शकको उपस्थिती बाक्लो देखिन्छ । शुक्रबारको बिहानीका अधिकांश शो मल्टिप्लेक्सहलहरुमा हाउस फुल रहे भने सिंगल थिएटरहरुमा पनि दर्शकको चाप निकै छ ।

यस्तै राजधानीको कुमारी हलमा सञ्चारकर्मिहरुलाई देखाइएको शो बाट पनि चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकलाई चलचित्रले पुरा समयसम्म मज्जैले बाँधेर राख्न सक्ने अधिकांशले प्रतिक्रिया दिएका थिए । चलचित्रमा बरिष्ठ हाँस्य कलाकार मह जोडीका हरिवंश आचार्यको अभिनयले सबैलाई निकै हँसाएको देखिन्थ्यो । त्यस्तै तराईमा अझैपनि मुक्त हुन नसकेको दाइजोप्रथालाई पनि चलचित्रमा समेटिएको छ । कुमारी हलमा दर्शक तथा सञ्चारकर्मिहरुसँग हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल लगायतका कलाकारहरुले सँगै बसेर चलचित्र हेरेका थिए । चलचित्रमा युट्युव मिडियाले भित्राएका बिकृती तथा युट्युव मिडियाले पार्नसक्ने सामाजिक प्रभावलाई पनि देखाइएको छ ।

निर्देशक प्रदीप भट्टराईले चलचित्रमा दर्शकलाई जुन तरिकाले हसाँउन र रुवाउन खोजिएको छ त्यो पुरा भएको बताए । उनले चलचित्रको सम्पुर्ण टीमले गरेको कामको रिजल्ट राम्रो आउँदा निकै उत्साहित भएको बताए । तराई र काठमाण्डौमा छायांकन गरिएको यो चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । ‘शत्रु गते’ मा राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको पनि प्रमुख भूमिका छ ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top