आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)



फिल्म बोबीको बिहिबार कुमारी हलमा भव्य प्रिमियर सम्पन्न गरिएको छ । यही असार २९ गतेबाट रिलिज हुने उक्त फिल्मको प्रिमियर शो मा फिल्मका कलाकारहरुलाई ब्याण्ड बाजाका साथ स्वागत गरिएको थियो । रियल लब स्टोरीमा आधारित रहेर बनेको यस फिल्मको प्रिमियरमा फिल्मका कलाकारहरुको साथमा भद्रगोल टिम र फिल्मका लिड कलाकारका परिवारहरुको उपस्थिती थियो ।फिल्म हेरेर निस्कँदा कलाकार तथा  दर्शकहरु भावुक देखिएको थियो ।

सत्यकथामा आधारित फिल्ममा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन, ताराप्रकाश लिम्बुको संगीत र मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कविता गुरुङ र उमेश थापाको अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top