होली मनाइन् श्वेताले तीन वर्षपछि



Capture

नायिका श्वेता खड्को सबैभन्दा पि्रय चाड थियो होली । तर, त्यो दुखदायी घटनापछि भने उनी रंगहरुसँगै तर्सिन थालिन् । होली खेल्न छोडिन् ।

तीन वर्षदेखि होलीमा बेरंग भएर बसेकी श्वेतालाई यसपाली भने परिवारका सदस्यहरुले धरै दिएनन् ।

‘बिहानै बाहिर एउटा मिटिङमा भाग लिएर घर फर्केकी थिएँ,’ उनले सुनाइन्, ‘सबै जनाले मलाई च्याप्पै समातेर रंग दलिदिनुभयो ।’

त्यसपछि भने उनी पनि खुलिन् । घरभित्रै आमा, भाई बुहारीसँग रमाइन् । फेसबुकमा लाइभ पनि देखाइन् । तर आज पनि बाहिर निस्कने भने उनको योजना छैन ।

‘विभिन्न कार्यक्रममा बोलावट आएको छ, तर कतै जान्न,’ उनले भनिन्, ‘घरमा आउनेहरुलाई रंग लगाइदिन्छु ।’

उनी आज श्रीकृष्ण श्रेष्ठ विवाहअघि खेलेको होली झल्झली सम्झिरहेको  छिन् । उनीहरुले इजरायलमा नेपालीहरुसँग त्यो होली मनाएका थिए । तर, त्यो बेलाको फोटो आफूसँग नभएकोमा उनलाई थकथकी लागिरहेको छ ।

Comments

comments

MOVIES review

‘पुरानो ढुङगा’अव सामाजिक सञ्जाल युट्युबमा हेर्नुहोस् (पुरा फिल्म)

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

Back To Top