बेड, किस, विकिनी सिन दिन्न– जाहान्वी बस्नेत



 

jahanwi-300x179

काठमाडौं निवासी जाहान्वी बस्नेत छिट्टै छायांकनमा जान लागेको चलचित्र सुब्बा साबबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । उनै जाहान्वीसंग मनोज थापाले गरेको कुराकानी :–
चलचित्र सुब्बा साबमा तपाईको भूमिका कस्तो छ ?
सुब्बासाबमा छोरीको भूमिकाम छु । सरोज खनाल र गौरी मल्लको छोरीको रुपमा अभिनय गरेकी छु ।
पहिलो चलचित्र गर्दै हुनुहुन्छ कस्तो अनुभव भएको छ ?
क्यामेरा फेस चाहि पहिलो होइन तर पनि पहिलो चलचित्र भएको हुँदा खुसी पनि छु र थोरै डर पनि लागिरहेको छ ।
परिवारको सबै सदस्य चलचित्र क्षेत्रमा हुनुहुन्छ तर तपाईलाई यो क्षेत्रमा आउन कतिको संर्घष गर्नु पर्‍यो ?
जुनसुकै क्षेत्रमा पनि संर्घष नगरी हुदैंन । पारिवारिक सदस्य चलचित्र क्षेत्रमा भएपनिम आफ्नै मेहनतले आएको छु । मेरो मेहनतलाई दर्शकले मन पराई दिनु हुन्छ भन्ने आशा गरेकी छु ।
म्युजिक भिडियो बाट भने कस्तो प्रतिक्रिया पाउनु भएको थियो ?
राम्रो प्रतिक्रिया दिनु भयो जतिले हेर्नु भएको थियो उहाँहरुले लुक्स, अभिनय सबै राम्रो छ भन्नु भयो । सकारात्मक छु ।
चलचित्रमा आउनु भन्दा पहिले के के सिक्नु भयो ?
अपौचारिक रुपमा भने सिकेको छैन् । तर आफुमा क्षमता हुनुपर्छ । अभिनय, डान्स, सबै जान्नु पर्दछ । व्यक्तित्व पनि राम्रो हुनपर्दछ ।
चलचित्र क्षेत्रमा भविष्य देखेर आउनु भएको छ की रहरले ?
यो क्षेत्रमा म रहरले भन्दा पनि करियर बनाउने सोच छ ।
दुई तिन वटा म्युजिक भिडियो, चलचित्र गरेर पलायन हुने सोच म मा छैन् । पुरै समय म यस क्षेत्रमा लाग्छु । म राम्रो कलाकार बन्नु छ ।
नायिकाहरु चलचित्र क्षेत्रमा लामो समय रहदैनन् भन्छन नी ?
कलाकारको समय हुदंैन । जस्तो रेखा थापा अहिले सम्म रहनु भएको छ । सो म पनि यो क्षेत्रमा जाहान्वी बस्नेत बनेर चिनाउन चाहान्छु ।
पछि निर्माण निर्देशन गर्ने हो ?
त्यो सोचेको छैन् । राम्रो काम गर्दै जान्छु । राम्रो चलचित्रमा अभिनय गर्छु ।
सुब्बा साबबाट कस्तो आशा गर्नु भएको छ ?
सुब्बा साबमा सबैको भूमिका महत्वप्ूर्ण र राम्रो रहेको छ । मेरो सकारात्मक राम्रो भूमिका छ । दर्शकको मन जित्न सक्छु जस्तो लाग्छ ।
मोडलिङमा आएको कति भयो ?
थोरै समय भयो जम्मा ६ महिना जति भयो । छोटो समयमा नै चलचित्र पाए आशा छ भविष्यमा पनि राम्रो हुन्छ ।
भाग्य मानी हो ?
आफुले परिश्रम गर्ने हो । काम हेरेर सबैले मन पराउने हो । म लक्की छु ।
सुब्बा साबमा लगानी गर्नु भएको छ ?
छैन्, मलाई उहाँहरुले मेरो म्युजिक भिडियो हेरेर बोलाउनु भएको हो । म अडिसन दिएर सुब्बा साबमा छनोट भएको हो ।
लगानी गरेर अभिनय गर्नुहुन्छ ?
म बाट त्यस्तो काम हुदैंन । निर्माता, निर्देशकले पनि पैसा भन्दा पनि आफ्नो चलचित्रको लागी राम्रो कलाकार छान्नु हुन्छ जस्तो लाग्छ ।
आफुलाई के भनेर चिनाउन चाहानु हुन्छ ?
राम्रो प्रतिवान कलाकारको रुपमा चिनाउन चाहान्छु ।
को बाट प्रभावित हुनु हुन्छ ?
रेखा थापा र प्रियंका कार्कीबाट एकदम प्रभावित छु । उहाँहरुको व्यक्तित्व एकदम राम्रो छ ।
जाहान्वी बस्नेतलाई कस्तो भूमिका सुहाउँछ ?
कलाकार भएपछि सबै भूमिकामा अभिनय गर्नु पर्दछ । र म जस्तो सुकै भूमिकामा पनि अभिनय गर्न तयार छु ।
चलचित्रमा के हेरेर अभिनय गर्नु हुन्छ ?
सबै भन्दा पहिले चलचित्रको स्क्रिप्ट हेर्छु अनि टिम वर्क ।
कहिले सम्म अभिनयमा लाग्नु हुन्छ ?
म रहेसम्म अभिनयमा लाग्छु ।
कति सम्मको ड्रेसअफ गर्नुहुन्छ ?
म बेड, किस, विकिनि सिन दिन्न । म आफुलाई सुहाउने ड्रेसअफ गर्छु ।
पहिलो प्रेम प्रस्ताव कहिले आएको थियो ?
कक्षा ७ मा पढ्दा आएको थियो ।
अफेरमा हुनु हुन्छ ?
छैन् त्यसको बारेमा सोच्न समय भएको छैन् ।
सपनाको राजकुमार कस्तो देख्नु भएको छ ?
सबै भन्दा पहिले शिक्षित, मेरो क्षेत्रलाई बुझ्ने राम्रो हुनु पर्दछ ।
लब वा एरेन्ज म्यारिज गर्ने ?
लब म्यारिज गर्ने ।
अन्त्यमा के भन्नु हुन्छ ?
दर्शकलाई मेरो पहिलो चलचित्र सुब्बा साब आउँदैछ । यसमा मेरो अभिनयलाई मन पराई दिनु हुन्छ भन्ने आशा छ । दर्शकले खोजेको कलाकार बन्ने प्रयासमा छु ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top