निरुता सिंह भारतीय धोती भनेर प्रतिक्रिया दिँदा आफ्नो चित्त दुख्ने



चलचित्र दक्षिणाबाट रजतपटमा प्रवेश गरेकी अभिनेत्री हुन् निरुता सिंह । एकसमय निरुताले अभिनय गरेका प्राय चलचित्र सफल भए । उनले चाँदनी, दर्पणछायाँ, बन्धकी ,अजम्बरी नाता लगायतका सुपरहिट चलचित्र पनि दिइन् । सफलताकाृ उचाइ हासिल गर्दैगर्दा निरुता एकाएक भारत पलायन भइन् । भारत बसाइको क्रममा निरुताले नेपाल आएर केही चलचित्रमा काम गरेकी थिइन् । तर उक्त चलचित्रहरू सफल भने भएनन् । यति बेला करिब ५ वर्षको अन्तराल पछि निरुता नेपाल आएकी छिन् ।

केहीले आफूलाई भारतीय धोती भनेर प्रतिक्रिया दिँदा आफ्नो चित्त दुख्ने गरेको बताइन्। भन्छिन् ‘भारतमा जन्मलिनु मेरो गल्ती होइन्् तर मैले बोल्ने भाषा नेपाली हो । मेरो पुर्खा नेपाली हो । जन्मथलो भारत भए पनि कर्म थलो नेपाल हो। तर धोती, इण्डियन भनेर गाली गर्नु हुन्छ । त्यसो नभन्दिए हुन्थ्यो भनेर चित्त दुख्छ । ’

किन नेपाल छोडेर जानु भयो ? भन्ने प्रश्नमा निरुता भन्छिन् ‘हामी पछिका पुस्ताले पनि अवसर पाउनु पर्छ । जबरजस्ती चलचित्र गरेर दर्शकलाई दिक्क पार्नु भन्दा, सफल भइरहन्दा छोडेर गए सधैँ सबैले सझन्नु हुन्छ नि (हाँस्दै भन्छिन्)’ ।

 

 

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top