खतरनाक सेलिब्रेटी किम इन्टरनेटकी



लसएञ्जल्स(एजेन्सी) । यदि तपाई अमेरिकी रियालिटी स्टार किम कार्दाशियनको शो ‘कीप–अप विद कार्दाशियन’ इन्टरनेटमा हेर्दै हुनुहुन्छ या उनका पति कान्ये वेस्टको ट्वीटरमा पुनरागमनको समाचा खोज्दै हुनुहन्छ भने तपाई सचेत हुन आवश्यक छ ।

अमरीकी टीवी स्टार किमलाई सन् २०१८ को इन्टरनेटमा खोजिने खतरनाक सेलिब्रेटीको रुपमा चित्रण गरिएको छ । साइबर सेक्युरिटी फÞर्म मैकेफीले इन्टरनेटमा खतरनाक सेलिब्रेटीको नाम सार्वजनिक गरेको छ । जस अनुसार उनीहरुको इन्टरनेटमा खोजी गरिँदा उनीहरुसँग जोडिने अन्य लिंक खतरनाक हुने बताइएको छ ।

यो लिष्टमा गत वर्ष क्रैग डेबिड शीर्ष स्थानमा थिए । सूचीमा  सुपरमोडल नाओमी केम्पबेल दोस्रो र किमकी बहिनी कर्टनी कार्दासियन तेस्रो स्थानमा छिन् । त्यस्तै चौथो नम्बरमा ब्रिटिश गायक एडेल र पाँचौं नम्बरमा कैरोलिन फ्लेक छन् । सूचीमा रोजÞ ब्रायन, ब्रिटनी स्पीयर्स, अभिनेत्री एमा रोबर्ट्स र रियलिटी स्टार मैकेन पनि छन् ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top