फेब्रुरी १४ मा “भ्यालेन्टाईन स्पेशल फेशन” शो हुने



युथ क्रियसन नेपालले प्रेम दिवस अर्थात भ्यालेन्टाईनको अवसर पारेर “भ्यालेन्टाईन स्पेशल फेशन शो ” आयोजना गर्ने भएको छ । आगामी १४ फेब्रुरीका दिन सम्पन्न हुने उक्त फेशन शोमा नेपालका चर्चित मोडलहरुले जोडीको रुपमा र्याम्प शो गर्ने भएका छन् । करीव ३० जोडी मोडलहरुको साथमा नेपालका लोकप्रिय र चर्चित नायिका, तथा विभिन्न व्युटि पेजेन्टका विजेता एवं मोडलहरुले शोस्टपरहरुको रुपमा उत्रनेछन ।

 

उक्त फेशन शो को ईभेन्ट व्यबस्थापक मोडल शोभा पौडलले गरेकी छिन भने कोरियोग्राफी अर्शु महर्जनको रहेको छ । शोसंगै लोकप्रिय डिजेको साथमा डान्स पार्टि समेत हुने जानकारी हिजो राजधानीको जुजुवा लाउन्ज एण्ड लाईभ वारमा आयोजित सरस्वती पूजाको अवसर पारेर आयोजित कार्यक्रममा आयोजक संस्था युथ क्रियसन नेपालका अध्यक्ष रवि तामाङ्गले जानकारी गराएका थिए । कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहेकी मिस तामाङ्गकी आयोजक रन्जिता लामा तथा जुजुवा लाउन्ज एण्ड वारका प्रमुख टोकल लामाले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए । कार्यक्रममा आयोजक संस्थाका डाईरेक्टर विनोद लामाले उपस्थित अतिथीहरुलाई साथ र सहयोग पुर्याई संस्थाको गरिमा कायम राख्नका निमित्त सवैलाई आग्रह गरेका थिए । सुन्धारा स्थित क्लव भेनसमा सम्पन्न हुने उक्त कार्यक्रमको लाईभ काष्ठमण्डप टेलिभिजनले गर्ने छ । भने उक्त फेशन शोमा आर्टिष्ट म्यागेजिन, राष्ट्रखवर, फेयर एक्सप्रेश पत्रिका तथा जुजुवा लाउन्ज एण्ड वार, एण्ड पिक्चर्स लगायत सहयोगी संस्थाहरु रहेका छन । सामाजिक रुपमा सक्रिय  युथ क्रियसनले मिस हेरिटेज नेपाल सफलता पूर्वक सम्पन्न गरेको थियो । युथ क्रियसनले लामो समयदेखि सफल ईभेन्टहरु आयोजना गर्दै आईरहेको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top