८१ बर्षको उमेरमा कादर खानको निधन



बलिउडका चर्चित कलाकार कादर खानको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनको लामो समयदेखि उपचार भैरहेको थियो । उनको निधन क्यानडामा उपचारको क्रममा भएको उनका छोरा सरफराज खानले पुष्टी गरेका छन ।

उनलाई सोमबार दिउँसोबाट नै भेन्टिलेटरमा राखिएको थियो । उनको निधन सोमबार बेलुकी ६ बजे भएको भारतीय मिडियाले उल्लेख छ । उनका छोराले भारतीय मिडियासँग भने–‘हो, उहाँको निधन भएको छ । उहाँलाई दिउँसोबाट नै कोमामा राखिएको थियो । बेलुकी उहाँको निधन भयो ।’

कादर खानको स्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा र परिवार उनीसँग अन्तिम समयसम्म साथमा थिए । उनको अन्तिम दाहासंकार क्यानडामा नै गरिने उनका छोराले भारतीय मिडियालाई बताएका छन । कादर खानले बलिउडका थुप्रै चलचित्रमा अभिनय गरेका थिए । विशेषगरि, उनलाई नायक गोविन्दासँगको चलचित्रमा बढी देखिएको छ ।

Comments

comments

MOVIES review

सेड्रिनाको छाय मा स्वस्तिमालाई

आफ्नै कथालाई पर्दामा हेर्न सकिनन् कविताले ‘बोबी’(भिडियो)

Back To Top