‘भोर’को ट्रेलर रिलिज (भिडियो)



यादवकुमार भट्टराई निर्दे्शित चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । त्यस्तै चलचित्रलाई निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् । चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी हुन् । आउँदो वैशाख २१ बाट प्रदर्शनमा आउने चलचित्रको केही दिन पहिले मिथिलाधाम जनकपुरमा प्रिमियर सम्पन्न भएको थियो । जनकपुर र पोखरामा सम्पन्न प्रिमियर तथा बिहीबार मात्रै हेटौँडामा सम्पन्न च्यारेटीमा फिल्मले उच्च तारिफ बटुल्लेको छ ।

Comments

comments

MOVIES review

चौतर्फी तारिफ बटुल्दै ‘शत्रु गते’, यस्तो छ दर्शक प्रतिक्रियाः हेर्नुस् भिडियो

रेखाको “पलाँस” हलमा

Back To Top